
काठमाडौं । “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र देश बिकासको लागि सडक यातायात“भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । संघको दोश्रो महाअधिवेशनबाट पुनः संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा सर्वसम्मत ६१ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । मिति २०८२ साल बैशाख १० र ११ गते काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको उक्त राष्ट्रिय महाधिवेशनको नेपाली काँग्रेसका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पूर्ण बहादुर खड्काले एक समारोहका विच उद्घाटन गर्नुभएको हो ।
संघका संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघले यातायात व्यवसायीहरुलाई संगठित गरी सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित, समयानुकूल यातायात सेवा संचालन, लगानीकर्ताको लगानी सुरक्षित, श्रमिकहरुको रोजीरोटीको संरक्षण गर्ने गराउने र सुरक्षित यात्रा सेवा पुर्याउने आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि खड्काले सार्वजनिक यातायात सेवाले आम नागरिकले पाउने सेवामा ठूलो योगदान रहेको बताउनुभयो ।
उक्त उद्घाटन कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ, त्यसै गरी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मन्त्री डाः प्रकाश शरण महत, केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुन नर्सिङ के.सी , नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस अन्तर्गत यातायात बिभाग प्रमुख शिब प्रशाद हुमागाई , केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभापति तथा पुर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सुदुरपस्चिम सभापति वीर बहादुर बलायर ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सीता गुरुङ लगायतका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा नेपाल सरकारले आफ्नो कमी कमजोरी सच्याएर जानुपर्ने बताउँदै वर्तमान सरकारसँग मिलेर संविधान शंशोधन छिटो अघि बढाउने पहल भइरहेको र संविधानमा भएका सुविधालाई घटाउने होइन बढाउने र अझ प्रभावकारी संविधान ल्याउने विशेष अतिथि धनराज गुरूङल बताउनुभयो ।
गुणस्तरीय बाटोको निर्माण सरकारले गर्नुपर्छ भने गुणस्तरीय यातायात संचालनको जिम्मा यातायात व्यवसायीले लिनुपर्ने विशेष अतिथि प्रकाश शरण महतले जिकिर गर्नुभयो । विशेष अतिथि अर्जुन नरसिंह के.सीले अहिले देश हड्तालको देश भएको भन्दै सरकार गम्भीर हुनपर्ने बताउनुभयो । शुभकामना व्यक्त गर्दै अतिथि अजय कुमार राईले यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान र तथ्याङ्कमा कमजोर भएकोले यस विषयमा पनि काम गर्नुपर्ने बताउनुभयो । विशेष अतिथि मन्त्री रामनाथ अधिकारी, सीता गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली काँग्रेसका यातायात विभागका प्रमुख शिव हुमागाई शुभकामना व्यक्त गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित, मर्यादित, संरक्षण र सम्वद्र्धन कसरी गर्ने भन्ने नै संघको उद्देश्य र लक्ष्य हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिब डेगनाथ गौतम , नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ , अन्तरास्ट्रिय ट्रेड युनियन महासंघमा नेपालको तर्फबाट प्रतिनिधित्व सदस्य अजय कुमार राई, नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारी लगायतले पनि यातायात क्षेत्रमा ल्याउनुपर्ने सुधारका बारेमा बोल्दै महाअधिवेसनको सफलताको शुभकामना दिनुभएको थियो । महाअधिवेशनको दोश्रो दिन बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसँगै वरिष्ठ उपाध्यक्षमा अर्जुन रानाभाट दोहोरिनु भएको छ भने र विजय बहादुर स्वाँर थप भएको छ । त्यस्तै महासचिवमा केदारनाथ पौडेल, कोषाध्यक्षमा राजेन्द्र विक्रम बाँनियाँ दोहोरिनु भएको छ । ६१ सदस्यीय अर्थात् सामान्य अवस्थामा भन्दा संख्याका रुपमा ठूलो कार्यसमिति बनेको छ । यस कार्यसमिलिे यातायात व्यवसायीको हकहित र यस क्षेत्रमा सुधारोन्मुख र स्तरीय कार्य गर्ने चुनौती भने बढेको छ ।
