Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

संसद्‌मा दुई विधेयक दर्ता

Reporter

शुक्रबार संघीय संसदमा दुई विधेयक दर्ता भएका छन्।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ प्रतिनिधिसभा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन्।  बजेट अधिवेशनको पहिलो दिन दुई विधेयक दर्ता भएको हो।

मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक आवश्यक परेकोअर्थमन्त्री पौडेलले बताए।

परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोगमा विधेयकले सहयोग पुर्‍याउनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको