Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

समाजसेवा सांचो अर्थमा राष्ट्रको सेवा हो :अमूल्य बुढाथोकी

Reporter

ललितपुर ।  समाजसेवा भनेको समाजमा समस्याहरु समाधाना गर्नु र सवैलाई सहयोग पुर्याउने कार्य हो । हाम्रो समाजलाई विकास र समृद्ध बनाउन समाजसेवा महत्वपूर्ण छ ।

यसमा युवा वर्गको भूमिका विशेष महत्वको हुन्छ , किनभने युवा कुनै पनि परिवर्तनका आधार हुन । युवाहरु जोश उमङ्ग र सिर्जनशीलताले भरिपूर्ण हुन्छन् । उनीहरु शारीरिक रुपमा सबल र मानसिक रुपमा सक्षम भएकाले समाजसेवाका विभिन्न क्षेत्रमा योगदान गर्न सक्दछन सफाई अभियानहरु संचालन गर्ने, वृक्षारोपण गर्ने र चेतनामूल कार्यक्रमहरु आयोजना गर्ने जस्ता कामहरुमा युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् ।

बाढि, भूमिका जस्ता प्रकोपका बेलामा राहत वितरण र उद्धार कार्यमा पनि युवाहरु अग्रसर हुन्छन् । नेपालमा पनि युवाहरुले धेरै सकारात्मक काम गरेका उदाहरणहरु छन । उदाहरणका लागि काठमाडौं उपत्यका संचालन भएका सफाई अभियानमा युवाहरुको ठूलो योगदान छ । प्राकृतिक प्रकोपहरु जस्तै बाढि, भुकम्पको बेलामा मद्दत पुर्याए ।

उनीहरु सफा नेपाल हराभरा नेपाल जस्ता नाराहरुका साथ समाजलाई स्वच्छ राख्न प्रयास गरेका छन् । समाजसेवामा युवाहरुको योगदानले समाजलाई मात्रै होईन, उनीहरु आफैलाई पनि प्रेरित गर्छ । देशको भविष्यलाई उज्ववल बनाउन युवाहरुले समाजसेवा सक्रिय रहनुपर्दछ, समाजका लागि केही योगदान गर्न पाउदा नै उनीहरुको जीवन अर्थपूर्ण समाजसेवा युवा वर्गको भूमिका अतुलनीय छ ।

यदि युवाहरुले आफ्नो शक्ति र क्षमतालाई सही तरिकाले प्रयोग गरे भने हाम्रो आफ्नो शक्ति र क्षमतालाई सही तरिकाले प्रयोग गरे भने हाम्रो समाजको सेवा गर्नु नै सांचो अर्थमा राष्ट्रको सेवा गर्नु हो ।
-अमूल्य बुढाथोकी
हरिसिद्धि, ललितपुर ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको