
मोडल तथा म्यूजिक भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा फरक र यथार्थपरक गीत “झोले” सार्वजनिक भएको छ।
यस गीतमा आशिक राईको स्वर रहेको छ भने आशिक राई कै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा शिवन पोखरेलको परिकल्पना तथा निर्देशन रहेको छ भने प्रदिप कुमार रसाईलीको कोरियोग्राफी, करण चैशिर र सरोज शाहीको छायांकन, टेकेनद्र शाहको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा रबी गिरी, पवन खतिवडा, शिवन पोखरेल, आशिक राई, नविना सिलवाल (खुईली), कल्पना सिंह, हरिहर तिमिल्सिना, सपना रसाईली, करुणा केसी, राकेश रणपहेली, रुपेश तामाङ, राजिब आले मगर, राज कुमार गिरी, माया मोक्तान, राज कुमार तामाङ (टाईगर), गणेश कुँवर आदीको अभिनय रहेको छ।
यस गीतलाई युबिन ईन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।

लोकप्रिय समाचार