Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

Reporter

Nepal-Rastra-Bank

हायर पर्चेज कम्पनीबाट गाडी किन्ने प्रयोजनलाई ऋण लिन ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई पनि गाडी कर्जामा ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ । हालसम्म ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट अटो कर्जा लिँदा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुँदा हायर पर्चेज कम्पनीमार्फत २० प्रतिशतसम्म डाउनपेमेन्टमा कर्जा लिन पाएका थिए ।

केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हायर पर्चेजअन्तर्गत कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्न किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुन दिइने कर्जा हो ।

चालू आव ०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले सबै किसिमका गाडी खरिद यस्तो कर्जा दिँदाको अनुपात ६० प्रतिशत कायम राख्ने व्यवस्था गरेको थियो । सोहीअनुसार हायर पर्चेज कम्पनीको हकमा पनि यो व्यवस्था लागू भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको