
प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार विधेयक पारित गरेको हो ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको विधेयक १८ महिनापछि आज बल्ल आज पारित भएको हो ।
अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो विधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।

लोकप्रिय समाचार