Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

दुई दिनसम्म पानी पर्ने सम्भावना

Reporter

मौसमविदले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले मौसमविदले पानी पर्ने सम्भावना औंल्याएका हुन् ।

अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।

‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ मौसमका अध्येता एवम् विपदविज्ञ डा. धर्मराज उप्रेतीले भने, ‘देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ ।’ केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा पनि शुक्रबारसम्मै पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको