Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

दुई दिनसम्म पानी पर्ने सम्भावना

Reporter

मौसमविदले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले मौसमविदले पानी पर्ने सम्भावना औंल्याएका हुन् ।

अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।

‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ मौसमका अध्येता एवम् विपदविज्ञ डा. धर्मराज उप्रेतीले भने, ‘देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ ।’ केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा पनि शुक्रबारसम्मै पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको