Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

वाइडबडी जहाज अनियमितता प्रकरणमा नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून् : बाबुराम भट्टराई

admin

baburam bhattarai

काठमाडौं, पुस- १९ ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेपछि राजनीतिक बृत्तमा यसले निकै चर्चा पाएको छ ।

सर्वसाधारणले समेत यो प्रकरणलाई निकै नै चासोका साथ हेरि रहेका छन् । यसबारे के–कस्ता कारवाही हुन्छ भन्नेमा जनचासो बढ्दै गएको छ ।

यही सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनियमिततामा संलग्न भएकाहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले बिहीबार बिहान एक ट्वीट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’

‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दैै उनले लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो, त्यसपछि त….’

baburam bhattarai


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको