
ललितपुर । बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३३ वर्षीया नेहा अधिकारी रहेकी छन् ।
उनलाई आइतबार सोही ठाउँबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अधिकारीले एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेको उजुरी परेको छ।
पक्राउ परेकी अधिकारीलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लोकप्रिय समाचार