Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन स्थगित

Reporter

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति भएको छ । शनिबार (वैशाख २०) काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीचको छलफलपछि तीन विषयमा सहमति भएको हो ।

तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकको आन्दोलन स्थगन गरिएको छ । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, ‘म्याचिङ’का चिकित्सकका निम्ति यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने विषय त्यहीँबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन सम्झौता भएसँगै आवासीय चिकित्सक आन्दोलन छाड्न सहमत भएका हुन् ।

सहमतिसँगै सञ्चारकर्मीसित मन्त्री पौडेलले आवासीय चिकित्सकका माग पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यो कार्यान्वयन गर्ने सहमति भएको बताए । सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिन चिकित्सक तयार रहेका उनले जानकारी दिए ।

उनले आवासीय चिकित्सकलाई काम गर्ने वातावरण बनाइदिन निजी मेडिकल कलेजसँग आग्रह गरे । चिकित्सा शिक्षा आयोगले गरेका निर्णय सबै कार्यान्वयन गर्ने गरी मन्त्रालयले वातावरण बनाउने उनले प्रतिबद्धता जनाए ।

“त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ – यो आन्दोलन उहाँहरूको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरू फिर्ता लिन तयार हुनुभएको छ,” मन्त्री पौडेलले भने, “उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्नेछौँ ।”

उनले अगाडि भने, “चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरू सबै कार्यान्वयन गर्ने गरी स्वास्थ्य मन्त्रालयले वातावरण बनाउनेछ ।”

आवासीय चिकित्सकले निर्वाह भत्ता आठौँ तहसरह हुनुपर्ने, आवासीय चिकित्सकको सुत्केरी, बिरामी बिदा, डिउटी आवरको विषय उठाएका थिए । आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौँ तहसरह भत्ता दिने प्रतिबद्धता गरिएको र विभिन्न कलेजमा आवासीय चिकित्सक काम गर्न फर्किइसकेका उनले बताए ।

उनले सरकारको तदारुकता र निजी मेडिकल कलेजको प्रतिबद्धताअनुसार फेरि आन्दोलनमा आउनु नपर्ने विश्वास व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको