Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

देशका धेरै स्थानमा विहानैदेखि बर्षा

Reporter

देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज (आइतबार) कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

गए राति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । गए राति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताए । आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सीसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाडौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यस कारण बादल लाग्ने र पानी पर्ने भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको