Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चार जना पक्राउ

Reporter

प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरूको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।’

स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको