Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

सामाजिक सञ्जाल सूचीकृत गर्न सरकारको तेस्रो प्रयास पनि असफल

Reporter

facebook

सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकृत गराउने सरकारको दुईपटकको प्रयास असफल भएको छ । पटक–पटकको सूचनापछि पनि प्लाटफर्म सञ्चालक सूचीकरण गर्न तयार छैनन् ।

सञ्चार मन्त्रालयले पुनः अर्को सूचना प्रकाशन गरेको छ । तेस्रोपटकको सूचनामा भने अवधि तोकिएको छैन ।

यसअघि प्रकाशन गरिएको सूचनामा एक महिनाभित्र सूचीकरण गर्न निर्देशन दिइएको थियो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले केही सामाजिक सञ्जाल सूचीकरणमा सहभागी नभएको बताए । ‘मुलुकभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकृत हुन पटक–पटक आग्रह गर्‍यौँ । प्रत्येक प्लाटफर्मलाई इमेल पनि पठायौँ । तर, उहाँहरू छलफल गर्नसमेत आउनुभएको छैन । हामीले पुनः अर्को सूचना प्रकाशन गरेका छौँ । उहाँहरूलाई छलफलमा ल्याउने प्रयास जारी छ,’ उनले भने ।

सरकारले नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० निर्माण गरेको थियो । सोही निर्देशिकाका आधारमा मन्त्रालयले सूचीकृतका निम्ति गत २१ माघमा पहिलोपटक सूचना प्रकाशित गरेको थियो । दुई महिना गुज्रिँदा पनि सूचीकृत हुन नआएपछि मन्त्रालयले पुनः गत ७ चैतमा अर्को सूचना निकालेको थियो ।

सूचनामा सूचीकृत हुन ३० दिनको समय दिइएको थियो । प्रत्येक प्लाटफर्म सञ्चालकलाई सूचीकृतका निम्ति मन्त्रालयले इमेल पठाएको थियो । तर, यसपटक पनि प्लाटफर्म सूचीकृत हुन आएनन् । मन्त्रालयले सूचीकृतका लागि आइतबार पुनः सूचना प्रकाशन गरेको छ ।

यो मन्त्रालयले प्रकाशन गरेको तेस्रोपटकको सूचना हो । यसपटक भने अवधि तोकिएको छैन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको