Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सामाजिक सञ्जाल सूचीकृत गर्न सरकारको तेस्रो प्रयास पनि असफल

Reporter

facebook

सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकृत गराउने सरकारको दुईपटकको प्रयास असफल भएको छ । पटक–पटकको सूचनापछि पनि प्लाटफर्म सञ्चालक सूचीकरण गर्न तयार छैनन् ।

सञ्चार मन्त्रालयले पुनः अर्को सूचना प्रकाशन गरेको छ । तेस्रोपटकको सूचनामा भने अवधि तोकिएको छैन ।

यसअघि प्रकाशन गरिएको सूचनामा एक महिनाभित्र सूचीकरण गर्न निर्देशन दिइएको थियो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले केही सामाजिक सञ्जाल सूचीकरणमा सहभागी नभएको बताए । ‘मुलुकभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकृत हुन पटक–पटक आग्रह गर्‍यौँ । प्रत्येक प्लाटफर्मलाई इमेल पनि पठायौँ । तर, उहाँहरू छलफल गर्नसमेत आउनुभएको छैन । हामीले पुनः अर्को सूचना प्रकाशन गरेका छौँ । उहाँहरूलाई छलफलमा ल्याउने प्रयास जारी छ,’ उनले भने ।

सरकारले नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० निर्माण गरेको थियो । सोही निर्देशिकाका आधारमा मन्त्रालयले सूचीकृतका निम्ति गत २१ माघमा पहिलोपटक सूचना प्रकाशित गरेको थियो । दुई महिना गुज्रिँदा पनि सूचीकृत हुन नआएपछि मन्त्रालयले पुनः गत ७ चैतमा अर्को सूचना निकालेको थियो ।

सूचनामा सूचीकृत हुन ३० दिनको समय दिइएको थियो । प्रत्येक प्लाटफर्म सञ्चालकलाई सूचीकृतका निम्ति मन्त्रालयले इमेल पठाएको थियो । तर, यसपटक पनि प्लाटफर्म सूचीकृत हुन आएनन् । मन्त्रालयले सूचीकृतका लागि आइतबार पुनः सूचना प्रकाशन गरेको छ ।

यो मन्त्रालयले प्रकाशन गरेको तेस्रोपटकको सूचना हो । यसपटक भने अवधि तोकिएको छैन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको