Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

आईसीसीको नयाँ वरियता सार्बजनिक,नेपाल १८औं स्थानमा

Reporter

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ।

आईसीसीले सोमबार  सार्वजनिक गरेको वार्षिक वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा छ । भारतले यही वर्ष च्याम्पियन्स ट्रफी र गएको वर्ष टी–२० विश्वकप जितेको थियो । टेस्ट वरीयतामा भने भारत चौथो स्थानमा छ ।

एकदिवसीय वरीयताको दोस्रो स्थानमा न्युजिल्यान्ड र तेस्रो स्थानमा अस्ट्रेलिया छ । यस्तै टी–२० वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा इङ्गल्यान्ड छ । यसैगरी टेस्ट वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा इङ्गल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका छ । यस्तै नेपाल एकदिवसीय र टी–२० वरीयतामा १८औं स्थानमा यथावत् छ ।

पछिल्लो वरीयतामा सन् २०२४ मे महिनादेखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र अघिल्ला दुई वर्षका खेलहरूको दर ५० प्रतिशत रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको