Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

भारतको पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ : नौ स्थानमा हवाई आक्रमण, ३० जना मारिएको दाबी

Reporter

पहलगाम आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ। जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ।

बुधबार बिहान बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो। हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको दाबी भारतीय पक्षकाेा छ।

पाकिस्तानले आम सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरिएको आरोप लगाएको छ। स्थानीय रिपोर्टअनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको समाचार दैनिक भास्करले लेखेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ।

पाकिस्तानले हमलामा ८ सर्वसाधारणको मृत्यु र ३५ जना घाइते भएको बताएको छ। साथै पाँच भारतीय लडाकु विमान खसालेको समेत उल्लेख गरेको छ। पाकिस्तानको पञ्जाब प्रान्तमा आज विद्यालय बन्द गरिएको छ।

मस्जिदहरूलाई निशाना बनाइएको आरोप पाकिस्तानको छ। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारणमाथि आक्रमण गरेको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले ‘निर्णायक जवाफ’ दिने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनापछि शान्तिपूर्ण समाधानको आशा व्यक्त गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देशसँग सम्पर्कमा रहेको भनेका छन्। यी हमलाहरू पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको जवाफमा गरिएको हो। उक्त आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको