Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

अब कम्पनीले वास्तविक सेयरधनी घोषणा गर्नुपर्ने

Reporter

अब नयाँ कम्पनी दर्ता गर्दा वा दर्ता भइसकेका कम्पनीको सेयर हस्तान्तरण गर्दा वास्तविक सेयरधनी तथा लाभदायीको विवरण पेस गर्नुपर्ने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै दर्ता भइसकेका कम्पनीका वस्ताविक धनी तथा लाभदायीको विवरण अद्यावधिक गराउन तथा नयाँको हकमा घोषणा गर्न निर्देशन दिएको हो । जसअनुसार अब कुनै पनि कम्पनीको सेयरधनीको सेयरमाथि स्वामित्व लिने व्यक्ति–कम्पनीको विवरणसमेत अद्यावधिक गराउनुपर्ने हुन्छ । खासगरी होल्डिङ्स कम्पनीहरूलाई लक्षित गरेर यस्तो निर्देशन जारी गरिएको हो ।

‘कम्पनी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्थाबमोजिम निर्देशक समितिको २६ चैतको निर्णयसमेतका आधारमा यस कार्यालयमा दर्ता भएका कम्पनीका सेयरधनीहरूको सेयर अरू कुनै व्यक्तिको पूर्ण वा आंशिक हक (बेनेफिसरी) भएमा त्यस्तो व्यक्तिको पहिचान र निजको हकको प्रकृतिका बारेमा वास्तविक धनी (बेनिफिसियल ओनर)को विवरण अविलम्ब संकलन गर्न सबै कम्पनीलाई यो निर्देशन जारी गरिएको छ,’ कार्यालयको निर्देशनमा उल्लेख छ ।

कार्यालयमा सञ्चालनमा रहेको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीमा अब कम्पनी दर्ता गर्दाका बखत सबै सेयरधनीको वास्तविक धनीसम्बन्धी विवरण अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको