Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु, ४६ घाइते : पाकिस्तानी सेना

Reporter

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन्।

पाकिस्तानी अखबार डनका अनुसार बुधबार बिहान पत्रकार सम्मेलनमा भारतले छ वटा क्षेत्रमा गरेको आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका हुन्। उनले भारतले गरेको यो आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएको जानकारी दिए। चौधरीका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।

यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो। सो आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको थियो। तर पाकिस्तानले आफ्नो संलग्नता नरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको