Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा, ६० करोड बढीको बिगो दाबी

Reporter

काठमाडौं – काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अपराह्न जिल्ला अदालत काठमाडौंमा उनीहरूमाथि मुद्दा दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले यसअघि उक्त प्रकरणमा मुद्दा नचलाउने रायसहित फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेपछि सोही अनुसार अभियोगपत्र दायर गरिएको हो।

मुद्दामा नेपाल बाल संगठनलाई ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ ५ पैसा नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ। यसअनुसार सोही रकम बराबरको बिगो कायम गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ।

उक्त प्रकरणमा प्रतिवादी बनाइएका १७ जना यसप्रकार छन् –
१. रिता सिंह (नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष)
२. तुलसीनारायण श्रेष्ठ (तत्कालीन उपाध्यक्ष)
३. गणेशभक्त श्रेष्ठ (तत्कालीन महासचिव)
४. कृष्णशंकर साह (स्रोत तथा परिचालन उपसमितिका संयोजक)
५. श्यामकुमार आले (अख्तियारप्राप्त महासचिव)
६. सुवासकुमार पोखरेल (महासचिव तथा नेपाली कांग्रेसका नेता)
७. प्रचण्डराज प्रधान
८. रामकाजी गुरूङ (तत्कालीन महासचिव)
९. योगेन्द्रबहादुर शाही (तत्कालीन उपाध्यक्ष)
१०. दीपकदास श्रेष्ठ (उपकोषाध्यक्ष)
११. प्रविणराज जोशी (बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक)
१२. मुरारी निधि तिवारी (विद्यालय सञ्चालक)
१३. पुरूषोत्तमराज जोशी (विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष)
१४. श्रद्धा संघाई (विद्यालय सञ्चालक)
१५. अभिनव सिंघानिया (भारतीय नागरिक)
१६. सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७. कीर्तिप्रसाद पाण्डेय (भारतीय नागरिक)

सीआईबीले प्रारम्भिक अनुसन्धानपछि मुद्दा नचलाउने सिफारिस गरे पनि पुनः उच्च सरकारी तहको निर्देशनमा मुद्दा अगाडि बढाइएको हो। आरोपित सबै हाल फरार अवस्थामा छन्। प्रकरणमा २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून मूल्यमा बालमन्दिरको सरकारी जग्गा लिजमा दिँदा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान सुरु भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको