Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध ठगी मुद्दा, ६० करोड बढीको बिगो दाबी

Reporter

काठमाडौं – काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अपराह्न जिल्ला अदालत काठमाडौंमा उनीहरूमाथि मुद्दा दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले यसअघि उक्त प्रकरणमा मुद्दा नचलाउने रायसहित फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेपछि सोही अनुसार अभियोगपत्र दायर गरिएको हो।

मुद्दामा नेपाल बाल संगठनलाई ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ ५ पैसा नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ। यसअनुसार सोही रकम बराबरको बिगो कायम गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ।

उक्त प्रकरणमा प्रतिवादी बनाइएका १७ जना यसप्रकार छन् –
१. रिता सिंह (नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष)
२. तुलसीनारायण श्रेष्ठ (तत्कालीन उपाध्यक्ष)
३. गणेशभक्त श्रेष्ठ (तत्कालीन महासचिव)
४. कृष्णशंकर साह (स्रोत तथा परिचालन उपसमितिका संयोजक)
५. श्यामकुमार आले (अख्तियारप्राप्त महासचिव)
६. सुवासकुमार पोखरेल (महासचिव तथा नेपाली कांग्रेसका नेता)
७. प्रचण्डराज प्रधान
८. रामकाजी गुरूङ (तत्कालीन महासचिव)
९. योगेन्द्रबहादुर शाही (तत्कालीन उपाध्यक्ष)
१०. दीपकदास श्रेष्ठ (उपकोषाध्यक्ष)
११. प्रविणराज जोशी (बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक)
१२. मुरारी निधि तिवारी (विद्यालय सञ्चालक)
१३. पुरूषोत्तमराज जोशी (विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष)
१४. श्रद्धा संघाई (विद्यालय सञ्चालक)
१५. अभिनव सिंघानिया (भारतीय नागरिक)
१६. सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७. कीर्तिप्रसाद पाण्डेय (भारतीय नागरिक)

सीआईबीले प्रारम्भिक अनुसन्धानपछि मुद्दा नचलाउने सिफारिस गरे पनि पुनः उच्च सरकारी तहको निर्देशनमा मुद्दा अगाडि बढाइएको हो। आरोपित सबै हाल फरार अवस्थामा छन्। प्रकरणमा २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून मूल्यमा बालमन्दिरको सरकारी जग्गा लिजमा दिँदा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान सुरु भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको