Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना:पाँच जनाको मृत्यु

Reporter

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकोप्टरमा ६ यात्रु र एक पाइलट थिए ।

एएनआईका अनुसार, अहमदाबादबाट चार्टड गरिएको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाबारे एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले अनुसन्धान गर्ने भएको छ । एरो ट्रान्स सर्भिस प्राइभेट लिमिटेडको बेल ४०७ भीटी–ओएक्सएफ हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन् । दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको