लोक गीत “ राख मनैमा ” ले छोटो समयमा चर्चा बटुल्दै काठमाडौं । चर्चित गायिका शान्तिश्री परियार र गायक शिवम् भण्डारीको आवाज रहेको नयाँ लोक आधुनिक गीत ‘राख मनैमा’ को म्युजिक भिडियोले सार्वजनिक भएको केही दिनमै चर्चा बटुल्दै ।
च्यानलमा 0 सब्सक्राइबर हुदा राखिएको यो भिडियो ले १ हप्तामा ६५ हजार भिउज प्राप्त गरेको छ । गितमा रहेका टिपिकल शब्द , संगीत , स्वर र अभिनय सबै पछ्य दर्शक स्रोताले मन पराई दिएको युटूब कमेन्ट बक्समा इस्पस्ट देख्न सकिन्छ। ललितपुरको रमणीय लेले क्षेत्रका विभिन्न स्थलहरूमा छायांकन गरिएको म्युजिक भिडियोमा मोडल तथा कलाकार दिवस नाथ र जुना विश्वकर्माको अभिनय रहेको छ ।
साथमा डेढ दर्जनभन्दा बढी कोरस कलाकारहरूको सहभागिता रहेको छ, जसले गीतलाई थप जीवन्त बनाएको छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् । दिवस नाथ र शिवम् भण्डारीले संयुक्त रूपमा लेखेको गीतमा लय शिवम् भण्डारी नै दिएका छन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् । गीतको म्युजिक भिडियो मोडल ”दिवस नाथ” नामको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
लोकप्रिय समाचार

