Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

नेपाल विद्यालय कर्मचारी परिषद्ले जेठ ९ र १० मा काठमाडौँमा आन्दोलन गर्ने

Reporter

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शिक्षक महासंघले विद्यालयका कर्मचारीहरूको मागलाई बेवास्ता गरी सरकारसँग सहमति गरेको भन्दै विद्यालय कर्मचारी परिषद् आन्दोलित बनेको हो।

परिषद्ले सम्बन्धित सरोकारवाला निकाय र संघसंगठनहरुलाई साथ, सहयोग र सर्मथनका लागि अपिल गरेकाे छ।

परिषद्ले यही जेठ ९ र १० मा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जनाएको छ। जसमा माइतीघर मण्डलादेखि सडक आन्दोलन हुने जनाउँदै त्यसमा सबै उपस्थित हुने जनाएको छ। त्यसपछि दोस्रो चरणको आन्दोलनको रूपरेखा तयार गरिने परिषद्ले जानकारी दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको