Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सौगात जङ्ग थापालाई सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड

Reporter

गायक सौगात जङ्ग थापाले ८औँ नेशनल इन्क्लुसिभ म्युजिक अवार्ड (NIM Award) मा वर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड हात पार्न सफल भएका छन्।

राजधानीको स्मार्ट दरबार होटलमा आयोजित एक भव्य समारोहबीच थापालाई उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय एन बहादुर ठकुरी प्रमुख अतिथिको रूपमा सहभागी थिए।

थापालाई पाँच जना प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट ठहर गर्दै ‘तिमी आदत बन्यौ मेरो’ बोलको लोकप्रिय गीतका लागि सम्मानित गरिएको हो।

गायन क्षेत्रमा विगत आठ वर्षदेखि सक्रिय रहँदै आएका थापाले यसअघि पनि थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गरिसकेका छन्। समकालीन आधुनिक गीतसंगीतमा छुट्टै पहिचान बनाएका उनले यस अवार्डले आफ्नो मेहनतको मूल्यांकन भएको बताउँदै सबै श्रोताहरूप्रति आभार व्यक्त गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको