Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

सुरेन्द्र श्रेष्ठको एकल साँझ “सुर सन्ध्या” सम्पन्न

admin

काठमाडौं /गुरुपूर्णिमाको अवसरमा चर्चित गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको एकल साँझ सुर सन्ध्या सम्पन्न भएको छ । असार २४ गते शनिबार सुर मेलोडी स्टुडियोको आयोजनामा ठमेलको थर्ड आई थियटरमा भएको एकल साँझमा गायक श्रेष्ठले आफ्नो चर्चित गीत तथा अन्य गायकहरुको गीतहरु प्रस्तुत गरेका छन् । एकल साँझमा गुरु बन्दनाका साथमा गायक श्रेष्ठका चर्चित गीतहरु विहानीको शीत, तिम्रो हाँसोको पासो, केश फुलेको, म रुँदा, सदाबहार गीतहरुको संगालो, मन मात्र साटौं प्रिय, जानीन सक्नु जीवनको रीत, हेरौं हेरौं लाग्छ कति, दुनियाँ यो अजिव प्रस्तुत गरेका थिए ।

संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठ विगत दुई दशकभन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय छन् । तीन दर्जन भन्दा बढि गीतमा स्वर दिएका श्रेष्ठले २०० भन्दा बढि गीतमा संगीत तथा ४०० भन्दा बढि गीतमा एरेन्ज गरेका छन् । संगीतमा स्नाकोत्तर गरेका श्रेष्ठ संगीत प्रशिक्षक पनि हुन । कार्यक्रम सञ्चारकर्मी सचिता बुढाथोकीले सञ्चालन गरेकी थिइन ।
कार्यक्रममा रामेश श्रेष्ठ, रायन श्रेष्ठ, केशवराज राज भण्डारी, रमना श्रेष्ठ, ज्ञानुराधा गोर्खाली, जुजुकाजी रञ्जित, आनन्दरत्न बज्राचार्य, सरिता शाही लगायतका अतिथिहरु रहेका थिए । साथमा नायिका जान्वी बोहरा, गायिका योजना पुरी, गायिका निशा देसार, मोडल तथा गायक रवि सुवेदी, मोडल तथा सञ्चारकर्मी कुशल खत्री, राजेन्द्र लुईटेल तथा सञ्चारकर्मीहरुको साथमा उल्लेख्य दर्शकको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गायक तथा सञ्चारकर्मी रामकृष्ण श्रेष्ठले सुरेन्द्र श्रेष्ठको जीवनी संक्षीप्त रुपमा प्रस्तुत गरेका थिए ।

Surendra shrestha

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको