Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब एकैपटक थाप्दै

admin

nepali cricket team

काठमाडौं– पुस १९
नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक दिन लागेको हो ।

आईसीसीले तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेको छ ।

आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा खेलाडीको वर्गीकरण गरेको थियो ।

क्यानले सन् २०१५ देखि बर्गीकरणमा परेका खेलाडीलाई मासिक तलव दिन थालेको थियो । खेलाडीले सन् २०१७ जुलाई सम्म तलव पाएका थिए । त्यसपछि रोकिएको तलव दिलाउन आईसीसीलाई नेपालका खेलाडीले अनुरोध गरेका थिए ।

तलव वितरणका लागि आइसीसीले प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीका खेलाडीले मासिक ३५ हजारका दरले एकमुष्ठ आठ लाख ४० हजार पाउनेछन् । बी श्रेणीका खेलाडीले मासिक २५ हजारका दरले ६ लाख र सी श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले तीन लाख ६० हजार रुपैयाँ पाउनेछन् । आइसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत खेलाडीलाई तलव दिनेछ । खेलाडीलाई चाँडै तलव दिइने राखेपका सदस्य सचिव केशबकुमार विष्टले बताए ।

यस्तो छ खेलाडीको बर्गीकरण

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।
(रातोपाटी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको