Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

चाहिने जति तेल छ, नआत्तिनू : इन्डियन आयल कर्पोरेसन

Reporter

इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार एक वक्तव्य जारी गर्दै देशभरि इन्धनको पर्याप्त मौज्दात रहेको बताएको छ ।

कर्पोरेसनले जनतालाई आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको बताएको हो ।

इन्डियन आयलको आधिकारिक एक्स एकाउन्टबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको मौज्दात छ र हाम्रो आपूर्ति प्रणाली सामान्य रूपमा सुचारु छ।’

पोस्टमा भनिएको छ, ‘डराएर किनमेल गर्न आवश्यक छैन, हाम्रा सबै आउट लेटहरूमा पेट्रोल, डिजेल र एलपीजी सजिलै उपलब्ध छन्।’

इन्डियन आयलले जनतालाई शान्त रहन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ।

बीबीसी हिन्दीका अनुसार भारत-पाकिस्तानबीच तनाव चुलिएपछि पेट्रोल पम्पहरूमा नागरिकको भिड लाग्न थाले पनि कर्पोरेसनले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुपरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको