
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न सवा १ बजे बस्ने तालिका रहेको छ ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै सदनमा जवाफ दिने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई आज दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
लोकप्रिय समाचार