Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

आजको मौसम: लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने

Reporter

काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको