Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचना र प्रताप दासको स्वरमा ‘सम्बन्ध’ (भिडियो)

Reporter

गीतकारका रूपमा ख्याति कमाउनुभएका अमर बान्तु संगीतकारमा रूपमा आफ्नो पहिचना स्थापित गरिरहनुभएको छ । उहाँको संगीत रहेको पछिल्लो गीत ‘सम्बन्ध’ श्रोता/दर्शकमाझ आएको छ । एपसी कोइलाको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर छ भने बाबुल गिरीको संगीत संयोजन रहेको छ ।

शान थापाको निर्देशन रहेको गीतको भिडियोमा सागर खनाल र गुँरास ढकाललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा विविक सुनुवारको दृश्य सम्पादन रहेको छ । जीवनकै कथा प्रस्तुत गरिएको गीतमा सम्बन्ध बनेको सम्हाल्नलाई हो बिग्रानका लागि होइन, संसार शृंगार्नका लागि माया प्रेम बनेको हो भन्ने भाव व्यक्त गरिएको छ । जीवन भोगाइका यर्थाथ प्रस्तुत गरिएको गीतको शब्द रचना जति सशक्त छ त्यतिनै मधुर संगीत सिर्जना भएको छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।

स्रष्टा अमर बान्तुका हालै एकसाथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको थियो । भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाई थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवं गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ ।

उहाँका थुप्रै फुटकर गीत, कविता र गजल सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो । गीतलेखन तथा सामाजिक कार्यहरूमा पनि आफूलाई सक्रिय बनाउँदै आउनुभएका अमरको ‘गर्मी भयो धरान’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’, ‘हृदयको आवाज’, मार्‍यो सुडोले’, ‘काठे भाकैले’, ‘चकमक झुलो दल्छिन ढुंगा’, ‘कुटु-कुटु खायो मुटु’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । एक हजारभन्दा बढी गीत रचना गर्नुभएका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । उहाँका केही गीत करोडौं क्लबमा पनि छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको