Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

धादिङको गजुरीबाट चार किलाे सुनसहित तीनजना पक्राउ

admin

4 kilo sun sahit dhadingma tina jana pakrau

धादिङ—पुस २० ।

रसुवा हुँदै भारततर्फ लैजान लागेको ४ किलाे सुनसहित गजुरीबाट प्रहरीको प्रदेश ३ इकाइले तीनजनालाई पक्राउ गरेकाे छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले धादिङ प्रहरीको सहयोगमा विशेष सूचनाको आधारमा बिहीबार राति गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले ४ किलो सुनसहित नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ, २४ वर्षीय विकास तामाङ र रसुवाकाे उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबालाई पक्राउ गरेको हाे ।

उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख डम्बरबहादुर विकले जनाएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको