Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

आध्यात्मिक यात्रामा कमल ढकालको सशक्त अभिनय – ‘जय श्रीराम’ सार्वजनिक

Reporter

पोखरा- नेपाली धार्मिक संगीतको इतिहासमा एक ऐतिहासिक क्षण शुक्रवार पोखरास्थित गण्डकी कोटिहोममा देखिएको छ, जहाँ भव्य समारोहबीच ‘जय श्रीराम’ भजन सार्वजनिक गरियो।

उक्त भजनमा कमल ढकालको अभिनयले दर्शकको हृदय छुने गरी प्रस्तुत भक्ति भाव देखिएको छ। लामा दाह्री, चस्मा, र आत्मविश्वासपूर्ण हिँडाइले उनी काठमाडौंका मेयर बालेन शाहसँग तुलना गरिँदै ‘बालेन शैलीको रामभक्त’को रूपमा चर्चामा आएका छन्, जसले विशेषतः युवा पुस्तामा आकर्षण बढाएको छ।

भजनमा स्वर दिएका छन् टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले – जुन नेपाली इतिहासमै पहिलो पटक एक उच्च सरकारी अधिकारीको स्वरमा रेकर्ड गरिएको धार्मिक गीत हो। साथमा गायनमा बिष्णु माया पौडेल, आरबी केसी, र हेमन्त भट्टराई कोरसमा रहेका छन्।

 

रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीद्वारा लेखन, निर्देशन तथा संगीत संयोजन गरिएको करिब ८ मिनेट ५० सेकेन्ड लामो यो भिडियो पोखरा, जनकपुर र बत्तिसपुतलीस्थित श्रीराम मन्दिरहरूमा छायांकन गरिएको हो। दृश्यमा हेलियम क्यामेरा प्रविधिको प्रयोगले भिडियोको भिजुअल स्तरलाई अन्तर्राष्ट्रिय भव्यतासम्म पु-याएको छ।

भजनको कोरियोग्राफी एसके श्रेष्ठले गरेका हुन् भने टेकेन्द्र साहले सम्पादन गरेका छन्। भजन भिडियो संगीत, अध्यात्म र जनभावनाबीचको गहिरो सम्बन्धलाई उजागर गर्न सफल भएको छ।

भजनको पवित्र विमोचन बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजको हस्तबाट गरिएको हो भने समारोहमा अन्तर्राष्ट्रिय श्रीमद्भागवत वाचिका देवी प्रतिभाले कथा वाचन गरेकी थिइन्।

निर्माताहरूका अनुसार ‘जय श्रीराम’ नेपाली भजन इतिहासकै सबैभन्दा बढी लगानीमा निर्माण गरिएको भिडियो हो, जसको उद्देश्य युवाहरूलाई अध्यात्ममा आकर्षित गर्नुका साथै धर्म, सेवा र समाजबीचको दूरी घटाउनु रहेको छ।

कमल ढकालले निर्वाह गरेको पात्रले दर्शकलाई भावुक बनाउनुका साथै आत्मपरिवर्तनको प्रेरणादायी सन्देश दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको