Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

श्रीलंकालाई हराउदै नेपाल साफ यू- १९ च्याम्पियनसिपको सेमिफाइनलमा

Reporter

साफ यू- १९ च्याम्पियनसिप २०२५ मा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

भारतको अरुणाञ्चल प्रदेशमा रहेको गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई ५-०‌ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालका लागि पहिलो हाफमा सुजन डंगोल, धर्मेन्द्र कुँवर, सुभाष बम, विज्ञान खड्का र लक्ष्य थापाले एक एक गोल गरेका थिए । यसअघि श्रीलंका भारतसँग ८-० ले पराजित भएको थियो ।

यो हारसँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । नेपालले एक खेल अगावै समूह बीबाट सेमिफाइनलमा पुगेको छ । नेपालले १३ मे मा भारतसँग खेल्नेछ यो खेलले समूह विजेता को बन्ने भन्ने टुङ्गो लगाउनेछ । समूह बी बाट नेपाल र भारतले सेमिफाइनल खेल्ने पक्का भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको