Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय वृृद्ध पक्राउ

admin

rape

चितवन, पुस २० ।

चितवन जिल्लाको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमामा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित किशोरीले दिएको जाहेरी अनुसार ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जनाए ।

किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको पारिदिने आश्वासन दिदै तामाङले घरमा बोलाउने र जबर्जस्ती गर्नुको साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आकर्षित हुँदै आएको भन्दै प्रहरी कार्यालयमा आएर जाहेरी दिएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले बताए ।

पीडित किशोरीले बुधबार आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि वृद्धलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको