Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

Reporter

India and Pakistans flags

युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमबार (आज) वार्ता हुँदैछ । भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्ने छन् ।

दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले गरेको जवाफि कारवाहीपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिच शनिबार युद्धविराम घोषणा गरेका थिए ।

भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मु काश्मीर क्षेत्रलाई लिएर टकराव चल्दै आएको छ । योपटक युद्धमै उत्रिएका दुई देशलाई मानवीय क्षति हुने संघर्षमा नजान विभिन्न मुलुकले आग्रह गर्दै आएका थिए । अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादका विषयमा वार्तामार्फत सुल्झाउन सुझावसहित युद्धविरामका लागि पहल गरेको थियो । उसले आवश्यक परे जम्मु–काश्मीर विवाद सल्टाउनका लागि आफू मध्यस्थता गर्न तयार रहेको प्रष्ट पारेको छ ।

शनिबार घोषित युद्धविरामसँगै भारत र पाकिस्तानका दुवै पक्षले आक्रमण प्रत्याक्रमण रोकेका छन् । वार्ताका विषयवस्तुबारे दुई देशका सरकार र सैन्य अधिकारी तयारीमा जुटेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको