Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

पुटिनसँग प्रत्यक्ष वार्ताका लागि जेलेन्स्की तयार

Reporter

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् ।

जेलेन्स्कीलेले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्यको विषयमा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका हुन् । उनले यो भेटवार्ता बिहीबार टर्कीको इस्तानबुलमा हुन सक्ने समेत बताएका छन् ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई टर्कीमा रूससँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए ।  जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन । म बिहीबार पुटिनलाई टर्कीमा कुरिरहेको हुनेछु, व्यक्तिगत रूपमा ।’

यूक्रेन वार्ताका लागि तयार रहेका जेलेन्स्कीले यसअघि नै स्पष्ट पारेका छन् । उनले वार्ताको पहिलो सर्त युद्धविराम भएको बताएका छन् ।

शनिबार राति राष्ट्रपति पुटिनले पनि यूक्रेनलाई ‘गम्भीर वार्ता’को निम्तो दिएका थिए । रुस–यूक्रेन युद्ध सन् २०२२ मा सुरु भएको थियो, जब रुसले यूक्रेनमा हमला गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको