Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो)

Reporter

देविका बन्दना, प्रताप दास र किरण कँडेलको स्वरमा रहेको गीत ‘शुभ-विवाह’ सार्वजनिक भएको छ । बन्दनाकै शब्द रचना, किरण कँडेलको संगीत र अशोक महर्जनको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बन्दनाले यस गीतमा विवाहमा हुने गरेका नेपाली परम्परागत संस्कृति तथा संस्कारलाई जस्ताको तस्तै प्रस्तुत गर्नु भएको छ । साथै नयाँ पुस्तामा देखिएको हल्दी-मेहन्दी आयातीत संस्कारलाई पनि यस गीतमार्फत उजागर गर्ने कार्य भएको छ ।

गायिका बन्दना कै कन्सेप्ट रहेको गीतको भिडियो भिडियोमा नेपाली चलचित्र उद्योगका तीन जीवित देवीहरू बसुन्धरा भुसाल, भुवन चन्द र चैत्यदेवीको अलावा किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रोशनी केसी, सम्झना बुढाथोकीको विशेष अभिनय छ । साथमा विशेष अतिथि कलाकारहरूमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि प्रज्ञा सिंह, महेशमान सिंह, प्रत्युसमान सिंह, दीप तुलाधरसम्मको उपस्थितिले भिडियोलाई गमकता दिएको छ ।

देवराज आचार्य र राइला वेडिइन्ङको डिओपी/सिनेमेटोग्राफी रहेको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवं कलर छ । गीतको भिडियो देविकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको