Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो)

Reporter

रमेश पाठकको स्वरमा रहेको गीत ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक भएको छ । रमेशकै शब्द रचना एवम् सङ्गीत, दिनेश न्यौपानेको सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशव कोइरालाको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा कृष्ण रसाल, शिला गजुरेल, गोविन्द प्रभात, केशव कोइराला लगायतको नृत्य एवम् अभिनय रहेको छ । योगेश दाहालको छायांकन रहेको गीतको भिडियोमा रमेशकै दृश्य सम्पादन र ओम प्रसाईंको कलर रहेको छ ।

गीतमा पैशाका कारण समाजमा देखिने प्रवृतिलाई उजागर गरिएको छ । पाठकले यस गीतमार्फत गरिबीका कारण झेल्नुपर्ने दुःख पीडाहरू व्यक्त गर्नुभएको छ । गीत जति राम्रो छ भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीत पस्किएका छौ, सबैको साथ सहयोग पाउनेमा आशावादी छौ’ गायक पाठकले भन्नुभयो, ‘मानव जीवन भनेको कुमालेको चक्र जस्तै हो, बाँच्ने क्रममा कहिले को अगाडी, कहिले को पछाडी हुन्छ, धनले मात्र मान्छे धनी हुँदैन, मनले पनि धनि हुन पर्दछ भन्ने कुरा यो गीत र भिडियोमार्फत प्रवाह गर्ने प्रयास गरेका छौं ।’ गीत पाठकको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

पाठकको स्वरमा विविधता छ । सोहीअनुरूप नै उहाँले लोक, आधुनिक, पप विधामै गीतहरू ल्याइरहनुभएको छ, जुन श्रोतारदर्शकले मन पराइरहेका छन् । पाठकले समसामहिक, चेतनामूलक, व्यावसाहिक एवम् विविध किसिमका गीत गाउँदै आइरहनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको