Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Reporter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला हुलाक कार्यालय बारामा तत्कालीन नासु पदमा कार्यरत बलिरामप्रसाद कुर्मी, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साह छन् ।

जिल्ला हुलाक कार्यालय बाराका नासु (हाल कार्यालय प्रमुख)समेत रहेका बलिरामप्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएका थिए । उनले बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको दाबीसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

त्यसपछि अनुसन्धान भई बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई हाल पुर्पक्षका लागि थुनामा रहेको बेहोराको उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धान हुँदा हुलाक बचत बैंकमा बचतकर्ताबाट संकलन भएको रकम केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई फाँटवाला बलिरामप्रसादको मिलेमतोमा आपसमा बाँडफाँट गरी उक्त रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । उनीहरूसँग पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो दाबी गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको