Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

लियोनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित

admin

messi

स्पेन—पुस २० ।

अर्जेन्टिनी फुटवल टिमका ढुकढुकी तथा क्लव बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

स्पेन्बाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका ‘मार्का’ ले बिहिबार मेस्सीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

उक्त पत्रिकाले सन् २०१८ मा खेला्डिहरुले गरेको प्रदर्शनका आधारमा विभिन्न एकसय उत्कृष्ट खेलाडीको मनोनयन यसअघि नै सर्वजनिक गरेको थियो । जसमा मेस्सी उत्कृष्ट प्रदर्शनको आधारमा सबैभन्दा शीर्ष स्थानमा पर्न सफल रहे ।

उत्कृष्टको मुल्यांकन गर्न मार्काले मार्काको निर्णायक मण्डलको साथै आफ्ना पाठकलाई पनि भोटिङको अधिकार दिएको थियो ।

मेस्सीले वर्षको सर्वोत्कृष्ट फुटवलरको यो पुरस्कार जित्न ब्यालोन डि‘ओर विजेता लुका मोड्रिचलाई समेत पछि पारे । जसमा मोड्रिच, एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रीजम्यान, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मन (पिएसजी) का केलियन एमबाप्पे लगातार दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परे।

मेस्सीले वर्ष २०१८ मा बार्सिलोनालाई ला लिगा र कोपा डेल रे कपको उपाधि दिलाउदा महत्वपुरर्ण भुमिका खेलेका थिए । मेस्सीले हालै वर्ष २०१८ मा पाँचौं पटक गोल्डेन बुट समेत जितेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको