Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु

Reporter

मखन टोलको एउटा चार तले घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आगलागीमा परी मृत्यु हुनेको सनाखत हुन बाँकी छ। सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो।

माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ। दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन्। सानो गल्ली रहेका कारण दमकललाई छिर्न केही सकस भए पनि आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनायो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको