Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु

Reporter

मखन टोलको एउटा चार तले घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आगलागीमा परी मृत्यु हुनेको सनाखत हुन बाँकी छ। सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो।

माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ। दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन्। सानो गल्ली रहेका कारण दमकललाई छिर्न केही सकस भए पनि आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनायो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको