Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

उद्योग वाणिज्य संघका कर्मचारी माथि काठमाडौं मलमा आक्रमण, केशब सापकोटाको संलग्नता

admin

काठमाडौं—पुस २०

काठमाण्डौं मलमा उद्योग वाणिज्य संघ काठमाण्डौँका कर्मचारी माथि आक्रमण भएको छ ।
ब्यवसाय माथि भईरहेको दमन र समस्या विषयमा काठमाण्डौं मलका व्यापारीहरुले पहल गर्दिन अनुरोध गरेपछि शुक्रवार उद्योग वाणिज्य महासंघमा छलफलका लागि कार्यक्रम तय गरिएको थियो । सोहि कार्यक्रमको निमन्त्रणा दिन गएका उद्योग वाणिज्य संघ काठमाण्डौंका कर्मचारीलाई काठमाडौं मल कब्जा गरेर बेसेका गुन्डाहरुले आक्रमण गरेका हुन ।
मलका कार्मचारीका अनुसार मललाइ अनिर्णयको बन्दि बनाएर मल कब्जा गरेर बसेका नाईके केशब सापकोटाको ठाडो निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि आक्रमण भएको हो ।

सन्चयकोषले काठमाण्डौ मलका व्यापारीहरुलाई पुस देखि पैसाको कारोवार कोहि संग नगर्नु भन्ने सुचना गोर्खा पत्र मार्फत जारी गरीसके पनि पुस महिनाको भाडा राजु गोर्खाली लाई दिनु पर्छ भन्दै आफैले बनाएको समितिको खातामा पैसा हाल्न थर्काउदै आएपछी मलका ब्यवसायीहरु उद्योवाणिज्य संघ काठमाडौमा पुगेका थिए ।
महानगरीय प्रहरी वृत्त जनसेवा (डिएसपी) टेकुनन्द इवा लिम्बुका अनुसार घटनाको जानकारी आई सकेको र काठमाडौं जिल्ला प्रशासन र महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत जानकारी गराइसकेको र थप अनुसन्धान गरीरहेको बताए ।
उद्योग वाणिज्य संघ काठमाण्डौंले भने सम्वन्धीत निकायहरुमा उजुरी दिने बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको