
काठमाडौं—पुस २०
धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य खुलेको छ ।
रविले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएपश्चात ईशाले आफुले न्याय पाउन नसकेको र रवि बाहिर देखिए जस्तो राम्रो नभएको भन्दै विभिन्न पत्रकारहरुलाई त्यसवारे रिपोर्टिङ गर्न मेसेज गर्ने गरेको खुलासा भएको छ ।
ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले समेत फेसबुक स्टाटसमा लेखेका छन् ।
रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।
आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको आरोप लगाउदै उनले आफ्नो वैवाहिक जीवनका बारेमा भित्री दुख र अप्ठ्यारो बाहिर ल्याउँदै फेसबुकमा लामो स्टाटसनै लेखेका छन ।
उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’ रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् । लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् ।
ईशा संगै रहिरहदा उनकी विदेशी पुर्व प्रेमीसंगको समन्धबाट एक सन्तान समेत रहेको कुरा खुलासा भईरहदा आम जनतामा धेरै नै रुचाईएका पत्रकार रविको वास्तविकता के हो त भन्दै अड्कलवाजी समेत सुरु भएको छ ।
धेरैको घर बसाउन सफल रहेका रविको वास्तविक चरित्र कके उनकी पूर्व श्रीमतीले भनेझै अलग्गै छ त ? अथवा उनीमाथिको यो आरोप कतै प्रायोजित त हैन ? आम जनताले समेत यो विषयलाई नजिओकै बाट नियालिरहेका छन ।