Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

सञ्चारकर्मी रवि लामिछानेको चरित्रमाथि पूर्वपत्नी ईशाबाटै प्रश्न, विदेशी प्रेमिकातर्फ एक सन्तान रहेको खुलासा

admin

ravi lamixane

काठमाडौं—पुस २०

धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य खुलेको छ ।

रविले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएपश्चात ईशाले आफुले न्याय पाउन नसकेको र रवि बाहिर देखिए जस्तो राम्रो नभएको भन्दै विभिन्न पत्रकारहरुलाई त्यसवारे रिपोर्टिङ गर्न मेसेज गर्ने गरेको खुलासा भएको छ ।

ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले समेत फेसबुक स्टाटसमा लेखेका छन् ।

रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।

आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको आरोप लगाउदै उनले आफ्नो वैवाहिक जीवनका बारेमा भित्री दुख र अप्ठ्यारो बाहिर ल्याउँदै फेसबुकमा लामो स्टाटसनै लेखेका छन ।

उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’ रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् । लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् ।

ईशा संगै रहिरहदा उनकी विदेशी पुर्व प्रेमीसंगको समन्धबाट एक सन्तान समेत रहेको कुरा खुलासा भईरहदा आम जनतामा धेरै नै रुचाईएका पत्रकार रविको वास्तविकता के हो त भन्दै अड्कलवाजी समेत सुरु भएको छ ।

धेरैको घर बसाउन सफल रहेका रविको वास्तविक चरित्र कके उनकी पूर्व श्रीमतीले भनेझै अलग्गै छ त ? अथवा उनीमाथिको यो आरोप कतै प्रायोजित त हैन ? आम जनताले समेत यो विषयलाई नजिओकै बाट नियालिरहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको