Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

भाद्रमा नेपाल वाहिर तर नेपालमा मंसिरमा “फिक्का”

admin

रंग हराएको जिवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको अवसरमा यहि भदौबाट नेपाल बाहेक विश्वभर प्रर्दशन हुने भएको छ । नेपालमा भने मंसिर १ गतेवाट प्रदर्शन हुनेछ । रिता खाति सुनारको कथा , पटकथा संवादमा बनेको चलचित्र फिक्कालाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन । एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गर्दैछन् भने चलचित्रमा संञ्चारकर्मी राधिका घिमीरे, ईश्वरी बराल, म्याक्टेन कालू, पैसा घिमीरे लगायतको पनि अभिनय रहेको छ । देउरालि ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त व्यानरमा बनेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको निर्देशक खड्काले बताए ।

निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक समेत रहेकी निर्माता सुचित्रा श्रेष्ठले चलचित्रले कमर्सीयल विषय भन्दा पनि चलचित्रले नेपाली समाजको वास्तविक स्थीति झल्काएकोले चलचित्र राम्रो बनेको बताईन । चलचित्रको गितमा चेतन सापकोटा, म्याकटेन कालु, रिता खाति शव्द रहेको छ भने शिर्ष गीतमा चेतन सापकोटाको शब्द, संगित र तुलसी शिवाकोटीको स्वर रहने बताईएको छ | चलचित्र राम्रो बनेको धारणा व्यत्त गर्दै ट्रिक मिडियाका अध्यक्ष नहकुल खड्काले विदेशमा रहेका नेपालीहरुको भने झनै मन छुने कुरामा विश्वस्त रहेको बताए । चलचित्रमा सन्तोश सुनारको छायांकन, सुवोध श्रेष्ठको संपादन , अमित श्रेष्ठको पाश्र्व संगित रहेको छ भने चलचित्रको क्रियटीभ निर्देशन विश्वकै सानो किताव आधा ईन्चका लेखक एन वि अन्जानले गरेका छन् । चलचित्र भदौको पहिलो सातादेखी विदेशमा प्रदर्शन हुने चलचित्रको मंसीर १ बाट नेपालभर वितरण सुनिल मानन्धरले गर्न लागेको निर्माता श्रेष्ठले वताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको