Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

परपुरुषसित ज्यादा बोलचाल गरेकै आशंकामा श्रीमतीको हत्या

admin

परासी, पुस २० ।
आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४, लक्ष्मीनगरका सुनिल चौधरी छन् ।

प्रहरीकाअनुसार गएको पुस ४ गते सुनिलले आफ्नी श्रीमती २२ वर्षीया कमला चौधरीको हत्या गरेर जंगलमा फालेका थिए ।

हत्या गरेकै दिनदेखि सुनिलले श्रीमती हराएको भन्दै खोजीका लागि स्थानीय सन्चारमाध्यम र प्रहरीकहाँ निवदेन दिएका थिए ।

हत्या गरेर फालेको १४ दिनपछि पुस १८ गते बर्दघाट नगरपालिकाको चिसापानी जंगलमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

कमलाको शव पुस १८ गते राति नग्न अवस्थामा प्रहरीले फेलापारेको जनाइएको छ ।

घाँस–दाउरा खोज्न जानेक्रममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस्तो छ घटना

प्रहरीकाअनुसार दाउरा खोज्न जाने बहाना बनाएर सुनिलले श्रीमतीलाई जंगल लगेका थिए । उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रहरी अनुसन्धानलाई प्रभावित बनाउन सुनिलले श्रीमतीको शरीरमा चिथोरेर लगाएका सबै कपडा च्यातेर फालेका थिए ।

शवलाई बलात्कार प्रकृतिको बनाएपछि प्रहरी अनुसन्धान त्यसतर्फ केन्द्रित हुने र आफू उम्किने योजना बनाएर श्रीमतीले लगाएका सबै कपडा च्यातेर फालेको बयान सुनिलले दिएको प्रहरीको भनाइ छ ।

श्रीमती अरु व्यक्तिहरुसित बढी बोलचाल गर्नेे गरेको आंशकामा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाको दिनपनि जंगलमा पुगेपछि श्रीमतीको मोबाइलमा अरु पुरुषको फोन आएको र कुरा गर्न खोज्दा नदिएपछि दुईबीच भनाभन भएको थियो ।

प्रहरीकाअनुसार अनुसन्धानकाक्रममा बरामद गरिएको मृतक कमलाको मोबाइल ‘कल डिटेल’मा पनि विभिन्न समयमा अरु व्यक्तिहरुसित कुराकानी भएको देखिएको छ ।

सोही कारणले पटक–पटक श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेको थियो ।

घटनाको दिन पनि सोही व्यवहार देखेपछि सुनिलले श्रीमती हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
ईमेज खबर


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको