Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

नेपाल महिला चेम्बरकी अध्यक्ष डा.अन्जान शाक्यको बिदाई ,अध्यक्षमा उर्मिला श्रेष्ठ चयन

admin

नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । नेपाल महिला चेम्बरको अध्यक्ष रहनुभएकी डा. शाक्यलाई संस्थापक अध्यक्ष बनाई सम्मान गरिएको छ भने अध्यक्षमा उर्मिला श्रेष्ठलाई चयन गरिएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत डा.शाक्यलाई सम्मान गरिएको हो । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले
उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँलाई सम्मान गर्नुभएको थियो ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा। शाक्यले नेपाल र इजरायलबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउन महिला उद्यमी, नेपाल महिला चेम्बर, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासङ्घको साथ लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली महिला उद्यमीको उत्पादनको अन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।
राजदूत डा.शाक्य ‘एक्लो मान्छेले केही गर्न सक्दैन तर ‘टिमवर्क’ले धेरै काम गर्न सकिन्छ भन्दै टिमवर्ककै कारण नेपाल महिला चेम्बरले छोटो अवधिमा यो सफलता हासिल गरेको हो’ भन्नुभयो ।


उहाँले नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले आफूलाई यो सम्मान दिएकोमा धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
छोटो अवधिमा नेपाल महिला चेम्बरले विभिन्न तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम लगायत सामाजिक कार्यहरु गरी नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने काम गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको