Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन

admin

काठमाण्डौं – काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन भएकी छन् । काठमाण्डौंमलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् । कर्मचारी सञ्चयकोषले पत्र नं ८९ बाट पठाएको ब्यहोरा अनुसार नयाँ टेन्डर नहुने मलका व्यवसायीवाट नै ब्यवस्थापन गर्ने गरिआएको पत्र अनुसार काठमाण्डौ मलमा सहजिकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको माताहत रहने गरि समन्वय समिति गठन गरेको हो । उद्योग वाणिज्य संघले काठमाडौं मल समस्या र समाधान विषयमा आयोजित कार्यक्रमले २०७५–९–१९ मा पत्र बाड्न आएको कर्मचारी माथि भएको कुट पिटको भत्र्सना गर्दै सम्वधित निकायमा उजुरी दिईसकेको जनाएको छ । कार्यक्रम लाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्षले ब्यपारीहरुको हकहितका लागि सक्दो पहल गर्ने बताए ।

त्यस्तै काठमाण्डौं जिल्ला संघका महासचिव रमानाथ श्रेष्ठले काठमाण्डौं महलमा आधिकारीक ब्यपार समिति बनाउन पहल गर्ने बताए । वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष सुष्मा महराले ज्यानको वाजि लगाएर भएपनि ब्यपारीहरुको हकहितका लागि काम गरिने बताईन । समितिका सभापतिमा नेपाल उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुष्मा महरा रहेकी छन् भने उप सभापतिमा रक्सन शाक्य र सदस्यहरुमा विजय अग्रवाल, सोनिया शाह,अनिता केसि ,दिल वहादुर थापा लेज्स श्रेष्ठ रहेकाछन् । मलमा बाहिरी मानिसको चलखेल बढ्दै गएपछी समस्या समाधानका लागि १५० भन्दा धेरै व्यवसायीको हस्ताक्षर सहित नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौं लाई अनुरोध गरेको थियो । त्यसै गरी नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका पदाधीकारीहरुले विहिबार मलमा भएको घटनालाई जानकारी दिइ गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको