Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

Reporter

सर्वोच्च अदालतले रवीन्द्र मिश्र पक्राउका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले मिश्रको पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चले मिश्रसहित उपस्थित गराउन भनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गरेर उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । मिश्र पक्राउको ४५औँ दिन मंगलबार दर्ता रिटमा थुनामुक्त गर्न आदेश माग गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको