Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा

Reporter

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।’ उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन्।

‘जीवन निरन्तर बदलिंदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु’ लामिछानेले लेखेका छन्।

राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै उनले थपे, ‘कहिलेकाहीं निर्णयहरू अलगिन होइन, बरु अझ मजबुत भएर अघि बढ्न लिइन्छन्। मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ।’

अन्त्यमा उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको