Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी

Reporter

काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित कपडा पसलमा बिहीबार बिहान आगलागी भएको छ ।

कपडा तथा कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमाण्डमा २५ र थप १५ गरी ४० जनाको टोली खटिएको थियो ।

यस्तै प्रहरी वृत्त थानकोटबाट ३० जनाको टोली परिचालन गरिएको थियो । आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

आगालागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको