Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी

Reporter

काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित कपडा पसलमा बिहीबार बिहान आगलागी भएको छ ।

कपडा तथा कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमाण्डमा २५ र थप १५ गरी ४० जनाको टोली खटिएको थियो ।

यस्तै प्रहरी वृत्त थानकोटबाट ३० जनाको टोली परिचालन गरिएको थियो । आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

आगालागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको