Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

सरकारका कारण रद्द भयो मेयर बालेनको जापान भ्रमण

Reporter

सरकारले समयमै सूचना नदिँदा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको  जापान भ्रमण रोकिएको छ ।

समयमै मन्त्री परिषदले निर्णय नगरेको र ढिलो निर्णय गरेपनि जानकारी समयमै नदिएका कारण मेयरको भ्रमण रोकिएको हो ।

मेयर शाह गएको आइतबार नै जापानको युएनसिआरडी स्मार्ट सिटी सम्बन्धि वर्कशपको लागि जानुपर्ने थियो । तर गएको बिहीबार मात्रै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । त्यसको जानकारी  शुक्रबारमात्रै गराइएकोे थियो । ढिलो निर्णय र ढिलो सूचना प्राप्त भएकोले भ्रमण रोक्नुपर्ने अवस्था आएको शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।

‘जापान जानको लागि सचिवालयले दश दिन अघि नै केन्द्र सरकारसँग अनुमतीको लागि पत्र पठाएको थियो, तर मन्त्री परिषद्को बैठकमा ढिलो लगियो,’ उनले भने, ‘ढिलो सूचना आएपछि तयारी नपुग्दा भ्रमण रोक्नपर्यो ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको