Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

‘मर्निङवाक’ हिँडेका दुई महिलाको कारको ठक्करबाट मृत्यु

Reporter

मर्निङ वाकमा हिँडेका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ ।

कपिलवस्तुको पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बा ए बी ९५९९ नम्बरको कारले वसन्तपुरस्थित सडकमा ठक्कर दिँदा ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिएका छन् ।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको